stcnepal long ad
ime life insurance
global ime bank long

सामसङ नेपालद्वारा ग्यालेक्सी ‘एस २५ एफ इ’ सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका लागि डिजाइन गरिएको बताइएको छ।

ग्यालेक्सी ‘एस २५ एफ इ’ मा प्रिमियम एआई अनुभव, शक्तिशाली परफर्मेन्स र आकर्षक डिजाइनका विशेषता समावेश छन्।

फोनमा जेमिनी लाइभ, नाउ बार र सर्कल टु सर्च जस्ता एआई फिचरहरू समावेश छन्, जसले प्रयोगकर्तालाई दैनिक कार्यहरू छिटो र सरल बनाउन सहयोग गर्ने कम्पनीले बताएको छ।

यो फोनमा १२ मेगापिक्सल फ्रन्ट क्यामेरा, सुपर एचडिआर, र जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो(मो तथा अडियो इरेजर जस्ता एआई(संचालित फिचरहरू रहेका छन्।

यी फिचरहरूले फोटो र भिडियो सम्पादनलाई अझ सहज र  रचनात्मक बनाउने कम्पनीको दाबी छ । फोनमा ४,९०० एमएएच ब्याट्री, ४५ वाटको फास्ट चार्जिङ, र भेपर चेम्बर कूलिङ सिस्टम जडान गरिएको छ ।

सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी ‘एस २५ एफ इ’ ले सबैका लागि फ्ल्यागशिप स्तरको इनोभेसन उपलब्ध गराउने हाम्रो लक्ष्यलाई साकार पारेको छ। यसमा उन्नत एआई क्षमता, उत्कृष्ट क्यामेरा र ग्यालेक्सी इकोसिस्टमको सहज कनेक्टिभिटी एकैसाथ पाइन्छ।’

यो स्मार्टफोन ८ जी बी र्‍याम र २५६ जी बी स्टोरेज भेरियन्टमा ९९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ। साथै, सामसङ इन्स्टा फाइनान्स मार्फत ग्राहकहरूले यसलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा पनि खरिद गर्न सक्छन्।

prabhu mahalaxmi
kumari