stcnepal long ad
ime life insurance
national life
global ime bank long

उच्च सतर्कता अपनाउन जलविद्युत आयोजनालाई इप्पानको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जलविद्युत आयोजनालाई आग्रह गरेको छ।

इप्पानले शुक्रबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनलाई उद्धृत गर्दै असोज २० गते सोमवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको बताएको छ।

विशेषगरी कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षा भई सानादेखि ठुला नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले जलविद्युत प्रवर्द्धकहरूलाई सतर्क रहन इप्पानले आग्रह गरेको हो।

इप्पानले भनेको छ,’भारी वर्षा हुने यस अवधिभर जलविद्युत आयोजनाहरूमा क्षति हुन नदिन विशेष सतर्कता अपनाउन हुन अनुरोध गर्दछौं ।’

IME Lifesidebar
kumari