stcnepal long ad
ime life insurance
national life
global ime bank long

साउदीमा काममा अनुपस्थित श्रमिकले नयाँ रोजगारदातासँग काम गर्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । साउदी सरकारले पुरानो रोजगारदातालाई छाडेर बस्दा ‘काममा अनुपस्थित’ भएको श्रमिकले नयाँ रोजगारदातासँग काम गर्न पाउने नयाँ नियम लागू गरेको छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता परिवर्तन गर्न पाउने नियमलाई  थप लचकता बनाउँदै पुरानो रोजगारदाता छाडेका श्रमिकलाई कानुनी हैसियत दिएको हो ।

अब कानुनी हैसियत गुमेका श्रमिकलाई पुनः कानुनी हैसियत पाइनेछ । यो व्यवस्था १८ सेप्टेम्बर २०२५ देखि किवा (साउदीको अनलाइन प्लेटफर्म) मार्फत कार्यान्वयनमा ल्याएको छ ।

मानव संसाधन मन्त्रालयका अनुसार यो नियमले श्रमिकको करार अधिकार सुरक्षित गर्ने, साउदी अरबको श्रम बजारलाई आकर्षक बनाउने र श्रम नियमहरूको पालना सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

यो नियम अनुसार काममा अनुपस्थितको हैसियत भएका तीन थरीका श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाइनेछ । जसमा काममा अनुपस्थित भई ६० दिनको ग्रेस पिरियड पाएका, करार अवधि सकिएको वा करार तोडिएका र १८ सेप्टेम्बर २०२५ भन्दा अघि अनुपस्थित रिपोर्ट दर्ता गरिएका श्रमिक रहेका छन् ।

यसको लागि दुई सर्त राखिएको छ । जसमा नयाँ रोजगारदाताले श्रम परमिट लगाउन लाग्ने सबै शुल्क तिर्ने प्रतिबद्धता जनाउनुपर्छ । ती श्रमिकहरू अघिल्लो काम छोड्नु अघि वा करार अवधि सकिनु अघि कम्तीमा १२ महिनासम्म लगातार साउदी अरबमा काम गरेको हुनुपर्छ ।

मानव संसाधन मन्त्रालयका अनुसार यो नियमले श्रम बजार सुधार गर्न निरन्तर चालिरहेको एउटा हिस्साको रूपमा आएको हो ।

यसले रोजगारदाता र श्रमिक दुवैका लागि न्यायपूर्ण समाधान दिने, नियमलाई पालना प्रोत्साहित गर्ने र साउदी अरबको श्रम बजारलाई थप प्रतिस्पर्धात्मक कार्य वातावरण सिर्जना गर्ने मानव संसाधन मन्त्रालयले जनाएको छ ।

साउदीमा नियमित तलब नपाउने, कम तलब पाउने र कार्यवातावरण नहुँदा कम्पनी छाड्ने गरेका छन् । साउदीमा कार्यरत नेपाली श्रमिकहरूले साउदीको नियमहरू व्यवहारिक रूपमा पालना गर्न श्रमिकलाई निकै कठिन हुने बताउँदै आएका छन् ।

IME Lifesidebar
kumari