stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारी बर्षाले निम्त्याउने विपद्पछिको तयारीमा जुटन प्रधानमन्त्रीको सचिवालयको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले भारी बर्षा हुन सक्ने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई स्मरण गराउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सचिवालयद्वारा जरी विज्ञाप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको र यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

सचिवालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गर्दै साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।

IME Lifesidebar
kumari