stcnepal long ad
global ime bank long

प्रधान सेनापति ‘२०२५ वार्षिक इन्डो–प्यासिफिक रक्षा प्रमुखहरू (CHOD) सम्मेलनुमा सहभागी हुन थाईल्यान्ड जानु हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देल २०८२ भाद्र १० गतेदेखि १२ गते (तद्अनुसार २६–२८ अगस्ट २०२५) सम्म शाही थाई सशस्त्र बलको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड द्वारा थाइल्यान्डको हु हो मा आयोजना हुन लागेको रक्षा प्रमुख (CHOD) सम्मेलनमा सहभागी हुनका लागि २०८२ भाद्र ९ गते मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

वि.सं. २०५६ सालदेखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखहरूबिच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरूमा छलफल,अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछ भने सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबिच आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधान सेनापति महारथी सिग्देललाई थाइल्यान्ड प्रस्थान गर्नु पूर्व आज २०८२ भाद्र ८ गते नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको छ । प्रधान सेनापति महारथी सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

IME Lifesidebar
kumari