stcnepal long ad
ime life insurance
national life
global ime bank long

इपिएस मार्फत दक्षिण कोरिया जानका लागि आवेदन खुलेको पहिलो दिन नै झन्डै उनन्तिस हजार आवेदन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि आवेदन खुलेको पहिलो दिन सोमबार २८ हजार ८८८ जनाको आवेदन परेको छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि आवेदन माग गरेको पहिलो दिनमा नै यो सङ्ख्यामा आवेदन आएको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन थालेपछि उत्पादनमूलकतर्फ तीन हजार पाँच सय र कृषि तथा पशुपालनतर्फ एक हजार आठ सय गरी पाँच हजार तीन सय कामदार माग गरेको छ ।

इपिएस शाखाका अनुसार आवेदन दिने म्याद साउन ३१ सम्म छ । हाललाई पाँच हजार तीन सय जना लैजाने गरी कोटा तोकिए पनि कोरियाका रोजगारदाताको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने एचआरडी कोरियाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रमा आवेदन दिने परीक्षार्थीले एसेम्बल, मेजरमेन्ट वा जडान उपक्षेत्रमध्ये कुनै एक मात्र छनोट गर्न पाउने विकल्प छ । यसै गरी कृषि तथा पशुपालन क्षेत्रमध्ये कुनै एक उपक्षेत्रमा मात्र आवेदन दिन सकिने छ ।

यसअघि इपिएस भाषा परीक्षाको आवेदन दिन रातभर सडकमा नै बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन आवेदन दिन सकिने शाखाले जनाएको छ ।

पछिल्लो समय कोरियाले विभिन्न १७ देशबाट इपिएस अन्तर्गत श्रमिक लिने गरेकामा सबैभन्दा धेरै नेपालबाट लिँदै आएको छ । गत आव २०८१/८२ मा १४ हजार ४९२ नेपाली युवा दक्षिण कोरिया प्रवेश गरेका छन् ।

prabhu mahalaxmi
kumari