sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कान्तिपुर फर्मास्यूटिकल्सको आईपिओ आउदै

एलिट क्यापिटलसँग सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आइपिओ निष्कासनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग ९धितो पत्र प्रत्याभूति०का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।

मङ्गलवार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैंया बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो ।

यस सम्बन्धी सम्झौतामा मङ्गलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभयो ।

कान्तिपुर फर्मास्यूटिकल्सले आइपिओ निष्कासन गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

६३ करोड चुक्ता पुजी भएको सो कम्पनीले अङ्कित मूल्य रु १०० मा १७ लाख कित्ता आइपिओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहार पूरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहार पूरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

gold
prabhu bank
nawakantipur long