stcnepal long ad
ime life insurance
national life
global ime bank long

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

यसरी कम्पनीले बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार २०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गरिरहेको हो।

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिने छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

IME Lifesidebar
kumari