stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज पनि यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।

यस क्रममा आज मंगलबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। यस क्रममा पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

यसैगरी राति मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

यस क्रममा मधेस प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक(दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

IME Lifesidebar
kumari