stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सूर्योदय वोमी लघुवित्तको नाफा २४३ प्रतिशत बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म् २ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद नाफा २४३ प्रतिशतले बढेको हो।

त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि ३ करोड २७ लाख रुपैयाँबाट उही प्रतिशतले बढेर ११ करोड २४ लाख रुपैयाँ पुगेको छ। यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ८७ लाख रुपैयाँबाट २८ प्रतिशतभन्दा बढीले वृद्धि भएर ४८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ७९ लाख रुपैयाँ र रिजर्भमा ४० करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ।

५ अर्ब १० करोड रुपैयाँ सापटी लिएको कम्पनीले ११ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ५ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा झरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३६ पैसाबाट बढेर ९ रुपैयाँ ४८ पैसा पुग्दा प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १६ पैसा छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) ३ करोड ४६ लाख रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari