यामाहाले एरोक्स १५५ को २०२५ संस्करण लन्च

यामाहाले एरोक्स १५५ को २०२५ संस्करण लन्च गरेको छ । सामान्य अपडेट गरेर ल्याइएको सो म्याक्सी–स्कुटरको मूल्य १ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।
अपडेट गरिएको एरोक्स १५५ लाई नयाँ आइस फ्लुओ भर्मिलियन रंगमा उपलब्ध गराइएको छ । यसले यसअघिको ग्रे भर्मिलियनलाई प्रतिस्थापन गर्नुको साथै नयाँ ग्राफिक्सले एरोक्सको लुक्सलाई झनै आकर्षक बनाएको छ ।
एरोक्स १५५ मा पुरानै १५५ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको भएपनि यसलाई ओबिडी–टुबी इमिसन स्ट्यान्डर्ड अनरुप अपग्रेड गरिएको छ । यस स्कुटरले १४.५ बिएचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्दछ ।
फिचरको कुरा गर्नुपर्दा यसमा, डुअल एलईडी हेडल्याम्प, ब्लुटुथ कनेक्टिभिटी भएको इन्स्ट्रुमेन्ट क्लस्टर र सिंगल–च्यानल एबिएस राखिएको छ । साथै, यसको एस भेरिएन्टमा भने किलेस इग्निसन समेत उपलब्ध गराइएको छ ।
यामाहा एरोक्स नेपाली बजारमा समेत उपलब्ध प्रिमियम स्कुटर हो । नेपाली बजारमा यसको मूल्य ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।