stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ देखि १२ गतेसम्म निष्कासन गरेको ७ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर भएको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ वैशाख २१ गते बाँडफाँड गरेको छ।

बैंकले १ हजार अंकित मूल्यका दरले कुल २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

सोमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता (५ लाख कित्ता सामूहिक लगानी कोष समेत) सर्वसाधारणलाई निष्कासन गरेको थियो।

निष्कासन अवधिभर प्राप्त आवेदनहरू प्रशोधन गरी योग्य आवेदकलाई २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari