stcnepal long ad
ime life insurance
national life
global ime bank long

विन नेपाल लघुवित्तको एफपीओ शुक्रबारसम्ममा बाँडफाँट गर्ने तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) यसै साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार अझै केही काम बाँकी रहेकोले शुक्रबारसम्ममा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

अहिले नै मिति यकिन भन्न सकिने अवस्था छैन । यो प्रारम्भिक अनुमान मात्र रहेको बिक्री प्रबन्धकको भनाई छ । यता, विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।
यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।

IME Lifesidebar
kumari