sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज चैत २६ गते अन्तिम दिन रहेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपियाँका दरले कुल ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ५ हजार १२९ जनालाई मात्रै १०–१० कित्ता पर्ने भएकाले आवेदन १० कित्ताका लागि मात्रै दिँदा उपयुक्त हुनेछ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १६ लाख ९३ हजार ८५९ जनाले २ करोड ९१ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जुन आवेदन मागभन्दा ३९१।७० गुणा बढी हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

gold
nawakantipur long