डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोलको भने यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ भने पेट्रोलको यथावत राखेको छ। भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँले घटाएको हो।
अब काठमाडौंमा प्रतिलिटर डिजेल र मट्टीतेल १४९ रुपैयाँ कायम भएको छ। यसअघि प्रतिलिटर १५१ रुपैयाँ थियो। यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटेको छ। निगमले पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत नै राखेको छ।