stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपति पौडेलद्वारा पाँच विधेयक प्रमाणीकरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका पाँच विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ,सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक ,उद्योग तथा व्यावसायिक वातावरण सुधार र व्यापार प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, निजामती ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयकहरू प्रमाणीकरण भएका छन्।

prabhu mahalaxmi
kumari