stcnepal long ad
nabil bank
macchha(MBL)

नेको इन्स्योरेन्सको ६ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको कुल ६ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २६० रुपियाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिद गर्दा ६ लाख कित्ताकै लागि आवेदन दिनुपर्नेछ । इच्छुक खरिदकर्ताले आफूले लिन चाहेको दररेट खुलाई आज (चैत १५ गते) देखि चैत २९ गतेसम्म शेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड, जेडीए कम्प्लेक्स, बागदरबार, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

prabhu mahalaxmi
kumari