साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज फागुन २८ गते साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
कम्पनीले ५८औं वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि चैत १ गते बुक क्लोज गर्दैछ। भोलि नेप्से बन्द रहने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ।
साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
घोषित लाभांश पारितका लागि आगामी चैत १५ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ साधारण सभा बस्दैछ।