हाथवे इन्भेस्टमेन्टको लाभांश घोषणा
काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्। यो लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ।