stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

विदेशमा सिकेको सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन् ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैर आवासीय नेपाली सङ्घ, अस्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको बताएका हुन् । ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताए ।

“नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ,” उनले भने “लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ ।”

महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै यसले नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने बताए ।

उनले यस कम्पनीमा सेयर लगानी गर्दै नेपालको विकास र सम्मृद्धिमा हातेमालो गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरे ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताए । कार्यक्रममा २०० बढी गैर आवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।

prabhu mahalaxmi
kumari