द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्ट बीच सम्पन्न सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ।

सो सम्झौता २०८१ जेष्ठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

विराटनगर धरान रोड स्थित शहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भैसेको छ। भवनमा व्यवसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हल समेत उपलब्ध हुनेछ।

सोहि भवनको चार तल्ला देखि माथि पांच तारे स्तरको १४६ कोठाको ¥याडिसन विराटनगर होटल संचालन हुनेछ। होटल संचालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड ¥याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भैसकेको छ। नेपालका प्रतिष्ठित उद्योगपति तथा पूर्व मन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत यो पाँच तारे होटल संचालन हुनेछ ।

होटललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्छ।

सोहि उद्देश्यको लागि कम्पनीको पूँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसंग सम्झौता गरिएको हो।

साथै सोहि सिलसिलामा कम्पनीको पूँजी वृद्धि गर्न र सर्वसाधारणलार्इ शेयर निष्काशनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रकृया पनि अगाडि बढाइसकेको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. पूर्व बैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति ब्यवस्थापन र व्यवसायिक परामर्शदाता कम्पनी हो।

यसले ठुला, मझौला टाइपका उद्योग व्यवसायको स्थापना, संचालन व्यवस्थापनमा परामर्श सेवा दिदै आएको छ।

यसले भर्खरै सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एम।ए।वि।सि। इन्भेष्टमेन्ट ग्रुपसंग सम्झौता गरिसकेको अवगत गराउन चाहन्छौं ।

IME Lifesidebar
kumari