साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गरेको सूचना अनुसार मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले गरेको निर्णयका आधारमा पहिलो चरणमा २८ जिल्लामा यो प्रावधान लागु गर्न लागिएको हो ।

मन्त्रीपरिषद्को निर्णय अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिराहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र हुनुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।

विभागले सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गर्न सूचित गरेको सूचनामा भनिएको छ ।

IME Lifesidebar
kumari