stcnepal long ad
ime life insurance
global ime bank long

लगानी सम्मेलनका लागि ५४ देशका लगानीकर्ता काठमाडौंमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल सरकारको आयोजनामा आइतबार र सोमबार हुने सम्मेलनमा नेपाल बाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन्। सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ।
सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ।

सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता र विज्ञहरू काठमाडौं आइसकेका छन्। लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन्।

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ।

सम्मेलनमा नेपाली ३ सय ८५ जना लगानीकर्ताहरू सहभागी हुनेछन् भने चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, यूएई का १३ र जर्मनीका १० जना लगानीकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन्।

त्यस्तै, कोरिया, अस्ट्रेलिया र मलेसियाका ९र९ जना सम्मेलनमा भाग लिँदैछन्। पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहनेछ।

सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने परियोजना सम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिनेछन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ।

सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ। सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्ने कार्यक्रम समेत राखिएको छ।

prabhu mahalaxmi
kumari