अपर स्याङ्गे हाइड्रोपावर घाटामा
विद्युत बिक्रीबाट हुने आम्दानी भने बढ्यो

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३४ लाख १७ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यस कम्पनीले ३ करोड ९२ लाख ६५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी र अन्य आम्दानी बढ्दा घाटा कम भएको हो । २ करोड ३४ लाख १९ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यता, अन्य आम्दानी पनि १५ हजार रुपैयाँबाट बढेर १ करोड १७ लाख रुपैयाँ कायम भएको छ । यस हाइड्रोपावरको वित्तीय खर्च ४ करोड ९ लाख रुपैयाँ छ ।
२२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको अपर स्याङ्गेको जगेडा कोष भने ७ करोड ७५ लाख रुपैयाँले ऋणात्मक छ। प्रतिसेयर सेयर नेटवर्थ भने ६४ रुपैयाँ ७३ पैसा छ ।