citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँट, १० जनाले पाए २१ कित्ता सेयर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ आज मंगलबार असोज २ गते बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट गरेपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ । यसआधारमा, १० जनाले २१ कित्ता र १ लाख २१ हजार ३७७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएकामा १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

योग्य १२ लाख ६७ हजार हजार ७०९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, हाथवे इन्भेष्टमेन्टको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

gold
himalayan life insurance long ad