stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेठ २० गतेसम्म सेयर बजार बन्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौं । सेयर बजार जेठ २० गतेसम्म बन्द हुने भएको छ । सरकारले लक डाउन अवधि थपेपछि सोही समयसम्म बजार पनि बन्द गरिने निर्णय भएको नेप्सेले जनाएको छ । यसअघि जेठ ५ गतेसम्म बजार बन्द भनिएको थियो ।

लक डाउनलाई निरन्तरता दिइएकाले बजार पनि बन्द गर्ने नेप्से सञ्चालक समितिले  निर्णय गरेको हो । यसअघि लक डाउनकै बीचमा पनि २ दिन बजार खुला गरिएको थियो । तर ती दिनहरुमा सेयर कारोबार प्रभावकारी हुन सकेन ।

आम लगानीकर्ताको सहभागिता पनि भएन । त्यसले केबल सूचक घटाउने काम मात्र गरेको भन्दै आम लगानीकर्ताले व्यापक विरोध जनाएपछि पुनः लक डाउन अवधि अर्थात जेठ ५ गतेसम्मलाई बजार बन्द गरिएको थियो । तर सरकारले फेरि लक डाउन बढाएपछि नेप्सेले पनि सोही म्यादसम्म कारोबार बन्द राख्ने निर्णय गरेको हो ।

prabhu mahalaxmi
kumari