stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थपिए ५३ जना कोरोना संक्रमित, कुल संख्या ३५७ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौं । नेपालमा थप ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको बताएका छन् । त्यस्तै पछिल्लो अपडेट अनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना थप नयाँ संक्रमित पनि थपिएका छन् ।

उनीहरु सबै पुरुष हुन् । यस आधारमा ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ जना पुगेको छ । संक्रमितहरुमध्ये २ जनाको निधन भइसकेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि सोमबार बिहान पनि ९ जनामा संक्रमण देखिएको थियो । यससँगै सोमबार मात्रै ६२ जना संक्रमित फेला परेका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।

prabhu mahalaxmi
kumari