stcnepal long ad
nabil bank
macchha(MBL)

हिमालयन डिष्टिलरीले बढायो नाफा

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीले ४३ करोड ७१ लख रुपैयाँ खुद नाफा कमाएको छ ।    यो गत वर्षको तुलनामा ३३.६३% ले बढी हो । गत वर्ष यसले ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले खर्चमा मितव्ययीता अपनाउदै गएको देखिन्छ । गत वर्षको तुलनमा सञ्चालन लगायतका खर्च घटेको छ । खर्च घटेपछि नाफा बढ्न सहयोग पुगेको हो ।

यसले व्यवसाय विस्तार र मुनाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको कम्पनीको भनाई छ । यता, उत्पादन बिक्रीबाट हुने आम्दानी भने घटेर १ अर्ब ८१ करोड २२ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा उत्पादन बिक्रीबाट कम्पनीले १ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ कमाएको थियो । वार्षिक प्रतिसेयर आम्दानी १०० रुपैयाँ ६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ७३ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari