नेसनल माइक्रोफाइनान्सले २२.७६% ले नाफा बढायो
आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनल माइक्रोफाइनान्सको नाफा २२.७६% ले बढेर ११ करोड ३८ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले ९ करोड २७ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.३७% ले बढेर २२ करोड १२ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा पनि २४% ले बढेर १८ करोड ६ लाख ७५ हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार हुँदा समग्र खुद नाफा बढाउन सहयोग पुगेको हो । गत वर्ष १.५७% रहेको खराब कर्जा भने बढेर २% पुगेको छ । यता, प्रतिसेयर आम्दानी भने ५७ रुपैयाँ ४८ पैसामा खुम्चिएको छ ।
गत वर्ष यसको प्रतिसेयर आम्दानी ८१ रुपैयाँ ९४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३३ पैसा छ । जगेडा कोष २१.८६% ले बढेर २४ करोड ६४ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।



























