citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

आजदेखि कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १७ प्रतिशत अर्थात् १७ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८० लाख रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीयले आवेदन दिन पाउनेछन् ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नवरेमा पुस १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने समय तोकिएको छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर २४ गतेसम्म थप गरिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

IME Life
ofukuro
kumari