stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘मोबाइल क्लास डेटा प्याक’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले १६ जीबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

१५० रुपैयाँमा १६ जीबी डेटा
विद्यार्थीले १५० (कर सहित रु १९१.५४) रुपैयाँमा यो प्याक लिन सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसीमा ७ दिनको रहनेछ ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले  ४ जीबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जीबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जीबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरुमा प्रयोग गर्न सक्नेछन् ।

     

माइक्रोसफ्ट टिम्स्मार्फत भर्चुअल अध्ययनका लागि १० जीबी डेटा
यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिनवाआफ्ना साथीहरुसँग समुहमा रहेर अध्ययन गर्न सक्छन् ।

विद्यार्थीहरुले *१७१२३*२०# डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक लिन गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ ।

अनलाइन सिकाइका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहँदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।यसबाहेक एनसेलका अरु विभिन्न सेवा तथा अफरहरु पनि चलिरहेका छन् ।

कम्पनीका रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जीबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सापटी रकममा थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्न मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजिटल सेवाहरुमानिःशुल्क पहुँचजस्ता अन्य थुप्रै सेवाहरु पनि चलिरहेका छन् ।

 

prabhu mahalaxmi
kumari