नयाँ वर्ष २०७७ मा पुँजी बजार कता जाला, कसरी गर्न सकिन्छ सुधार ?
जसका कारण संसारभरका ठूला सेयर बजारमा गिरावट आएको छ । यता, नेपालको सेयर बजार पनि लक डाउन अवधिभर (३ साता) बन्द रहेको छ । तर अब आशा गरौं, नयाँ वर्ष सुरु भएसँगै यो समस्या समाधान हुनेछ । समृद्ध नेपालका लागि सबल अर्थतन्त्रको खाका कोरिनेछ । पुँजी बजारले पनि नयाँ उचाई लिनेछ ।
यसर्थ, यसलाई जतिसक्यो चाँडो पूर्ण र प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । गत वर्षदेखि नै चर्चा पाएको बैंकलाई ब्रोकर लाइसेन्स, मार्जिन कारोबार पूर्णरुपमा सञ्चालन लगायतका कामले पनि नयाँ वर्षमा गति लिने अपेक्षा आम लगानीकर्ताको रहेको छ ।
यी विषयहरुमा काम द्रुत गतिमा अघि बढ्न सकेमा पुँजी बजारले फड्को मार्नेछ । यता, नवनियुक्त गभर्नर अधिकारीले भने कोरोनासिर्जित परिस्थितिसित जुध्न विशेष पाइला चाल्नुपर्नेछ । विश्व अर्थतन्त्रलाई नै शिथिल पार्दै लगेको कोरोना भाइरसका कारण नेपालमा लघु, घरेलु उद्योगदेखि प्रत्यक्ष वैदेशिक लगानी र समग्र बैंक तथा वित्तीय क्षेत्रलाई असर परेको छ ।
नयाँ वर्ष २०७७ मा पुँजी बजार सुधारका लागि गर्न सकिने केही प्रमुख कामहरु