stcnepal long ad
global ime bank long

कोरोना महामारी नसकिंदासम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार
काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नहुँदासम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले आफ्नो पारिश्रमिक कोभिड–१९ अन्तर्गत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।
आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’ यस्तै, प्रधानमन्त्रीले मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् ।
IME Lifesidebar
kumari