citizens life insurance long ad
stcnepal long ad

नेप्से परिसुचक ४०.५७ अंकले ओरालो लाग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज माघ २३ गते आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा झरेको छ ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र अन्य सेन्सेटिभ इण्डेक्स २.४८ अंकले ओरालो लागेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

गत माघ २० गते बिहीबारको तुलनामा आज आइतबार नेप्से परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ । वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ्ग उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस उर्जाका शेयरमूल्य भने बढेको छ । तर विन नेपाल लघुवित्तको शेयरमूल्य भने सबैभन्दा बढी गिरावट आएको छ ।

आज कारोबार रकमका आधारमा ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपाव शीर्ष स्थानमा रहेन गएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

IME Life
kumari