citizens life insurance long ad
stcnepal long ad

वडा २७ कार्यालय भवन शिलान्यास

आफ्नै सुविधा सम्पन्न वडा भवन बनाउने लक्ष्य पूरा गरिरहेका छौँ– मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको वडा २७ कार्यालय भवन शिलान्यास भएको छ । माघ २३ गते ज्याथा, येँगपामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमविच भवन शिलान्यास गर्नुभएको हो ।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष चिनियाँमान बज्राचार्यसहित वडा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

शिलान्यासपछि बोल्दै मेयर शाक्यले, काठमाडौँ महानगरका अधिकांश वडाले नवनिर्माण र पुननिर्माणबाट आफ्नै सुविधा सम्पन्न कार्यालय भवन प्राप्त गरिसकेको बताउनुभयो । ’हामीले ६ वटा (३, ४, ९, १४, १८ र २६) को कार्यालय भवन नवनिर्माण गरेर सञ्चालनमा ल्याइसकेका छौँ ।

८ वटा वडाको स्तोन्नति (५, ६, ७, १०, ११, १५, १७ र ३२) गरेर सुविधा सम्पन्न बनायौँ । तर, २७ वडासहित १० वटा (१, ८, ११, १३, १९, २३, २५, २७, २८ र ३०) वडामा भवन बनाउने काम जग्गा प्राप्त हुन नसकेको वा प्राप्त भएको जग्गामा विवाद भएकोले काम गर्न सकेका थिएनौँ । आज वडा २७ को शिलान्यास भयो ।

अरु वडाको पनि समस्या समाधान सुल्झिँदै छन् ।’ शाक्यले भन्नुभयो ‘खरिद प्रक्रिया र जग्गा विवाद विवाद निरुपण भए वडा भवन निर्माण गर्न केही अवरोध छैन । किनभने हामीले नीति बनाएर वार्षिक कार्यक्रममार्फत महानगरको केन्द्रीय कार्यालयसहित सबै वडा बनाउने कार्यक्रम थालेका हौँ ।’

शिलान्यासपछि बोल्दै उपमेयर खड्गी श्रेष्ठले, जनताले आफ्ना लागि काम गरिदिन निर्वाचित गरेपछि त्यही अनुरुप काम गरेको बताउनुभयो । ‘निर्णय प्रक्रियामा प्रशस्त छलफल, सर्वसम्मतिबाट योजना स्वीकृत र योजना कार्यान्वयन वडालाई दिएर हामी काम गरिरहेका छौँ ।’

खड्गी श्रेष्ठले भन्नुभयो, ‘पूर्वाधार विना गुणस्तरीय सेवा कल्पना गर्नै सकिँदैन ।’ भवन निर्माणका लागि ३ करोड ७९ लाख २७ हजार लागत अनुमान गरिएको्मा खरिद प्रक्रियाबाट २ करोड ८० लाख ८१ ह्जार ६३१ रुपैयाँमा ठेक्केदारले निर्माण कवोल गरेको छ ।

वडा भवन निर्माणका विषयमा जानकारी दिँदै वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भन्नुभयो, ‘सुविधा सम्पन्न वडा वडाबासीलाई दिन पाउँदा खुशी भएका छौँ ।’

इञ्जिनियर अमित बज्राचार्यका अनुसार भवन जमिन तलासहित ६ तले हुनेछ । भवनको पाँचौँ तलामा सभा कक्ष हुनेछ । करीव ४ आनामा निर्माण हुने भवनको निर्माण अवधि २०७९ पुस ३० गतेसम्म दिइएको छ । नेपाली शैलीको भवन लिफ्ट र ¥याम सहित जेष्ठ नागरिक र अपाङ्गमैत्री हुनेछ ।

महानगरका वडा २, ६, १२, २२ र ३१ कार्यालयहरु निर्माण भइरहेका छन् । यीमध्ये केहीको निर्माण सम्पन्न हुन लागेको छ भने केही सञ्चालन तयारीमा पुगेका छन् ।

 

IME Life
kumari