stcnepal long ad
global ime bank long

तरलता अभावले सेयर बजार घट्यो. सेयर किन्ने अवसर, बेच्नु भन्दा होल्ड गर्नु उचित’

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ को विन्दुमा झरे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार पुस ५ गते सोमबार दोहोरो अंकले ओरालो लागेको थियो। हिजो बजार १७.९३ अंकले ओरालो लागेको थियो । योसँगै नेप्से परिसूचक २३५८.८१ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ को विन्दुमा झरेको छ। कारोबार रकम साँढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बजार जानकारहरू तरलताकै कारण सेयर बजार बढ्न नसकेको बताउँछन्।

बैंकमा पैसा छैन, लगानीकर्ताहरुले सेयर धितो राखेर ऋण लिन पाएका छैनन । तरलता सहज बन्दै गएमा र सेयर धितो राखेर ऋण उपलब्ध हुन थालेपछि बजारले लय समात्छ।

हिजोको सेयर बजार घटाइलाई सामान्य रुपमा लिनुपर्ने हुन्छ। अझै पनि धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेमा छन । यो क्रम पुस १५–२० गतेसम्म चल्ने देखिन्छ।

बजारमा ठूलो कारोबार नहुनुले धेरै लगानीकर्ताले घट्दो बजारमा घाटा सेयर बेच्न नचाहेकोजस्तो देखिन्छ। अहिले बजारमा सेयर उठाउने अवसर छ। त्यसैले सकभर सेयर उठाउने हो, नभएर आफूसँग भएको सेयर होल्ड गरेर राख्ने हो। अहिले नै आत्तिएर बजारबाट बाहिरिनुपर्ने अवस्था छैन।

सक्रिय लगानीकर्ता भन्छ– अन्य कारणले भन्दा पनि तरलताकै कारण बजारमा सामान्य असर परेको छ। यही कारणले ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न उचित समयको प्रतीक्षामा बसेको देखिन्छ । ठूला लगानीकर्ता प्रवेश गरेपछि बजार बढ्न सक्छ।

केही समय बजार अझै साइडवेजमै चल्ने देखिन्छ। अहिले बैंकहरुको सेयरभाउ सस्तो रहेकोले राम्रा र बलिया कम्पनीको सेयर उठाएर राख्दा फाइदा हुन सक्छ।

अहिले बजारमा खरिदको अवसर पनि छ। हिजो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको थियो भने बाँकी ११ वटामा रातो पोतिएको थियो।

हिजो उत्पादन तथा प्रशोधन समूह ३.५२ प्रतिशतले बढ्दा लघुवित्त समूहमा ०.१४ प्रतिशतको बढोत्तरी भएको थियो।

हिजो विकास बैंक समूह सर्वाधिक २.२३ प्रतिशतले ओरालो लागेको थियो। अन्य समूह २.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४८ प्रतिशत, व्यापार समूहमा ०.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५६ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, वित्त समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६७ प्रतिशत, जीवन बीमा समूहमा ०।.५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९ प्रतिशत र लगानी समूहमा ०.५ प्रतिशतको गिरावट आएको थियो।

धेरै कारोबार गर्ने कम्पनीहरु:

हिजो नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२.६१ रुपैयाँमा किनबेच भएका थिए।

हिजो गोर्खाज फाइनान्सको सर्वाधिक १९ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। हिमालयन डिस्टिलरीको १८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

हिजो कृषि विकास बैंकको ९ करोड ४४ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ३६ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ७ करोड ५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ४४ लाख रुपैयाँ, एचआईडीसीएलको ५ करोड ४२ लाख रुपैयाँ, अपी पावरको ५ करोड ३८ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड २८ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

हिजो गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीका सेयरधनीहरु मालामाल भएका थिए । यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको थियो।

यो दिन माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाएका थिए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको थियो।

IME Lifesidebar
kumari