सेयर लगानीकर्ताहरू निराश छन
काठमाडौं । सधैंको जस्तै यो साताको पहिलो कारोबार दिन हिजो आइतबार सेयर बजार निकै तल झर्यो। लगानीकर्ता पहिला नै सेयर नबेचेकोमा चुकचुकाउदै छन।
एक लगानीकर्ताले भने– ‘नेपाल लाइफ बेचिएन, अहिले त आधा नै घट्यो, अब म त बेच्दिनँ। कम्पनी राम्रो छ। राखे पनि फाइदै हुन्छ। ‘हिजो र आज लगानीकर्ताहरु आत्तिएर फोन गरिरहेको सेयर दलालहरूले बताएका छन। एक लगानीकर्ताले भने– ‘ बास्तविक लगानीकर्ताले सेयर बजारमा घाटा खाँदैनन् किनकि उनीहरुले उधारोमा सेयर किन्दैनन्।’
काठमाडौं बाहिरका ८० प्रतिशत लगानीकर्ताले आफ्नै स्वपुँजीबाट मात्रै सेयर किन्छन्। ‘आफ्नै स्वपुँजीमा लगानी गर्नेहरु बजार अलिकति घट्दैमा डराउनुपर्ने हुँदैन’।
एक लगानीकर्ता आफूलाई ब्रोकरले पैसा समयमै नहालिदिने गरेको भन्दै गुनासो गरेका छन। ‘हरेक पटक सेयर बेचेर फोन नै गर्नुपर्ने रहेछ’, उनले असन्तुष्टि पोख्दै भनेका छन। अर्का एक लगानीकर्ताले भने बजार निकै घटेकोले अब मार्जिन कलको सम्भावना रहेको बताएका छन। दलाल कम्पनीमा लगानीकर्ताको उपस्थिति निकै पातलो देखिन्छ।
एक लगानीकर्ता हिजो बजार घटेकोमा र २३७० भन्दा तल नेप्से आएकोमा आश्चर्य मान्दै भन्दै थिए, ‘यस्तै पारा हो भने अब यो सेयर बजार बन्द नै गर्नुपर्छ। यो नियामक निकाय र सरकारले पुँजीबजारलाई निकै उपेक्षा गरेको पाइयो।’
अर्का एक लगानीकर्ता पनि बजार घटेकोमा चिन्तित थिए। उनी भन्दै थिए, ‘२० लाख लगानी गरेको आधा हुन लाग्यो, अब के गर्ने रु’ उनीसँगै बसेका एक लगानीकर्ता भन्दै थिए, ‘बजार सधैँ घटेको घट्यै त गर्दैन नि। अब कति त घट्ला र बजार रु’ उनमा केही आशा थियो। यसरी अहिले सेयर बजार लगानीकर्ताहरू बजार ओरालो लागेकोमा निकै निरास छन।
वर्तमान सरकार अस्थिरता छैन र अस्थिरताको पक्षमा छैन । नेपाल राष्ट्र वैंकको कोर म्याण्डेट पनि आर्थिक स्थिरता राख्नु नै रहेको छ। व्याजदर तथा पुँजीवजारमा पनि स्थिरता नै रहोस भन्ने नीति निर्माताहरूको चाहना छ। यसैबाट देशको र जनताको राम्रो हुन्छ, अर्थतन्त्रले लय लिन्छ।
मौद्रिक नीतिहरुमा सरकारले हस्तक्षेप नगर्ने उदार र खुला अर्थतन्त्रको परम्परा हो। ४–१२ करोडको सेयर कर्जा सीमा र सिसिडि रेसियो खारेजी गर्ने नियम आएपछि दोश्रो सिसिडि रेसियो खारेजी गर्ने कुरामा कतिपय अर्थशास्त्रीहरू सहमत छैनन।
यसमा सरोकारवाला पक्षहरू नेपाल राष्ट्र बैंकक गभर्नर र अर्थ मन्त्रीसँग अर्थविदहरूले सुझाव दिदा पनि नीतिगत सुधार भएको छैन। शेयर बजारमा साना लगानीकर्ताहरुको ऋणमा पहुँच पुगोस, एकातिर केही मानिसले बैंकको पैसा शेयर बजारमा लगेर करोडौं अरबौं कमाउने र अर्कोतिर साना लगानीकर्ताहरु भने ठगिने स्थिती नआओस भन्नेमा धेरै अर्थशास्त्रीको जोड दिदै आएका छन्। ४–१२ को नीति आएपछि कति साधारण लगानीकर्ताले ऋण पाए रु ,उक्त नीति कत्तिको प्रभावशाली भयो रु भन्नेबारेमा अझै तथ्यांकको आएको छैन। राष्ट्र वैंक लामो अनुभव भएको संस्था भएकोले त्यसले न्यायलाई बेनिफिड अफ डेविट दिनुपर्छ।
शेयर बजार मानिसको आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक बैकल्पिक माध्यम हो। यसले तपाईंको सम्पत्तिको कुल मुल्यको आर्थिक स्थिरता ल्याउन मद्घत गर्छ। उदाहरणको लागि तपाईसँग रु। २० लाख छ। तपाईंले त्यसलाई वैंकमा राख्नु भयो भने १२ प्रतिशत मुद्धती व्याजदर पाउदा महिनाको लगभग रु. २० हजार पाउनुहुन्छ।
तर वैंकको व्याजदर घटेर ६ प्रतिशत भयो भने तपाईंको महिनाको आम्दानी रु. १० हजारमा झर्छ। तर यदी तपाईंले रु। १० लाख वैंकमा र रु। १० लाख शेयरमा राख्नुभएको छ भने वैंकको व्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन।
केही मानिसले सम्पत्ति वर्षमै दुई तीन गुना गरेपनि शेयर बजार मूलतस् सम्पत्तिको मुल्यको स्थिरताको लागि प्रयोग भयो भने राम्रो हुन्छ। त्यसवाहेक जग्गामा लगानी गर्दा तपाईंलाई कुनै बेला रु। ५ हजार चाहियो भने जग्गानै बेच्नुपर्ने हुनसक्छ जबकी शेयर बजारबाट ५ हजार बराबरको शेयर बेचे पनि हुन्छ।
यस्ता विभिन्न कारणले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम हो। यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो।
राष्ट्र बैंक र अर्थ मन्त्रालयका जिम्मेवार नेतृत्वहरुलाई अर्थशास्त्रीहरूको सल्लाह सधैं पुँजीवजारको बारेमा कम बोल्ने र व्याजदर सकेसम्म स्थिर बनाउन कोशीस गर्ने गर्नुहोस भन्ने नै रहदै आएको छ। धेरै जनताको पैसा लगानी भएको क्षेत्रको वारेमा जथाभावी बोल्दा वा काम गर्दा त्यसैले अरुको सम्पत्तिप्रति हाम्रो गैर्ह जिम्मेवारीपन मात्र देखाउँछ।
बजारमा धेरै खालका मान्छे छन। आफु अनुकुल हुने हल्ला फैलाउने जस्ता काम धेरैले गर्छन्। यस्तो अवस्थामा साना लगानीकर्तालाई बचाउनु जरुरी छ। नेपाली कांग्रेसको एउटा नीति छस् समग्र समृद्धी बढाउने र असमानता घटाऊने।
यो २००८ सालको नेपालको प्रथम बजेट मै लेखिएको नीति हो। हाम्रो अर्थतन्त्रको स्थितिको वारेमा प्रधानमन्त्रीले जानकारी राख्नु पर्छ। हाम्रा हरेक नीतिनियमले जस्तै पुँजीवजारले पनि समग्र समृद्धी बढाउने र धनी र गरीबको विचको असमानता घटाऊने काम गर्नुपर्छ ।
सरकार त्यसैले पुँजीवजारमा रहेका लाखौंं साना लगानीकर्ताहरुको सम्पत्ति, हक र हित सुरक्षित होस्, उनीहरुलाई सजिलोसँग ट्रेडिङ गर्नसक्ने प्रविधी त्यहाँ होस्, साना साना ऋणहरुमा उनीहरुको पहुँच पुग्नसक्ने स्थिती होस भन्नेमा सरकार र राज्यका निकाय लाग्नु पर्दछ।
विगत दुई वर्षको कोभिड–१९ पछिको मन्दिको वेलामा आयात कम भएको थियो र अहिले केही बढेको छ। वाणिज्य वैंकहरुले अनुशासित भएर ऋण प्रवाह गर्नुपर्छ र उनीहरु सरकारको पुँजीगत खर्चको ट्रेन्ड हेरेर पनि चल्नुपर्छ।
अब यत्रो वर्षको तथ्यांक हेर्ने हो भने सरकारले कुन कुन महिनामा कति खर्च गर्छ भन्नेकुरा बैंकहरुको लागि नौलो नहुनुपर्ने हो। पैसा धेरै हुँदा एक महिनापछि के हुन्छ भनेर आंकलन नगरि जथाभावी ऋण प्रवाह गर्नु हुन्न।























