stcnepal long ad
global ime bank long

अटो ईडीआईएस प्रणाली लागू गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न सीडीएससीलाई निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा अटो ईडीआईएस प्रणाली लागू गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न सीडीएससीलाई निर्देशन दिएको छ।

धितोपत्र बोर्डले आज परिपत्र जारी गर्दै उक्त व्यवस्थासहित ५ बुँदे निर्देशन सीडीएससीलाई निर्देशन दिएको हो। धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यको लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको धितोपत्र बोर्डले जनाएको छ।

यस्ता छन् निर्देशन

  • कारोबार व्यवस्थापन प्रणाली र मेरो शेयरबीच एपीआई इन्टिग्रेसन गरी अटो ईडीआईएस सिस्टम लागू गर्ने व्यवस्थाका लागि गर्नुपर्ने आवश्यक कानूनी तथा संरचनागत सुधारसहितको अध्ययन गरी पेस गर्ने।
  • धितोपत्र कारोबारको टी प्लस २ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने।
  • सीडीएससीमार्फत लगानीकर्तालाई पुस नोटिफिकेसनअन्तर्गत आइपीओ निष्कासन अलर्ट, आइपीओ आवेदन, बोनस तथा हकप्रद शेयर निष्कासन, लाभांश वितरण, सेटलमेन्ट, डिम्याट डेबिट तथा लकइनसम्बन्धी जानकारीको तत्काल सूचना पठाउने व्यवस्था गर्ने।
  • लगानीकर्ताका लागि नेप्से टीएमएसमा देखिने डीपी होल्डिङलाई सीडीएससी तथा मेरो शेयरको वास्तविक होल्डिङसँग स्वचालित रुपमा रिकन्सिलिएसन गरी बीओआईडीअनुसार संख्या, डीपी विवरण तथा बोनस, हकप्रद, हस्तान्तरणलगायतका कर्पोरेट एक्सनपश्चातको होल्डिङ स्वतः अद्यावधिक हुने व्यवस्था गर्न र मेरो शेयर प्रणालीमार्फत कारोबारको रियल टाइम सेटलमेन्ट स्ट्याटस ड्यास बोर्ड विकास गर्ने।
  • लगानीकर्ताबाट फ्रयाक्स शेयर सम्बन्धमा प्राप्त गुनासालाई समाधान हुने गरी व्यवस्थित गर्न आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने।
IME Lifesidebar
kumari