आज सुन–चाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा आज मंसिर २७ गते सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ कायम भएको छ।
हिजो आइतबार तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलामा १ हजार १९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १९० रुपैयाँमै कारोबार भएको थियो।























