stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । चैत २ गतेदेखि विक्रीमा आएको बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन चैत १६ गतेसम्म रहेको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गरेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले निष्कासन गरेको ऋणपत्रलाई इक्रा नेपालले अधिक न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएए’ ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको देखाउँछ ।

prabhu mahalaxmi
kumari