stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शेयर बजार दोहोरो अंकले बढयो तर कारोवार संख्या भने घटयो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन असार १३ गते आइतबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ । हिजो बजार २७.१७ अंकले उकालो लागेको थियो। यो सँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ।

हिजोको बढाइले बजार सकारात्मक र बुलिस ट्रेन्डमै रहेको प्रस्टाएको छ। नेपाल धितोपत्र बोर्डले हालै ‘जोखिमयुक्त’ भन्दै सार्वजनिक गरेको ५१ कम्पनीको लिस्टले बजारमा कारोबार भने केही प्रभावित भएको छ।

यसले गर्दा साना र मझौला लगानीकर्ता केही आत्तिएजस्तो देखिन्छ। ठूला लगानीकर्ताहरु पनि सेयर बेचेर बजारमा पुनः फर्किन उपयुक्त समयको पर्खाइमा रहेको देखिन्छ।

कारोबार रकम घट्नुको अर्को कारण भने बजारमा जस्तोसुकै दबाब सिर्जना भए पनि लगानीकर्ताहरु घटेर सेयर बेच्ने पक्षमा नरहेको र अहिलेको बजार मुभलाई हेरेर पर्ख र हेरको रणनीतिमा रहेको अनुमान गर्न सकिन्छ। यस्ता लगानीकर्ताहरु अब मौद्रिक नीतिको पर्खाइमा रहेको देखिन्छ।

ब्याजको दबाब पर्ने असार महिनामा बजार बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । मौद्रिक नीति सकारात्मक आउने र ब्याजदर पनि एकल विन्दुमै रहने भएकोले बजार पुनः लय अवश्य फर्किनेछ। अहिले ढुक्क भएर लगानी गर्ने समय हो, बोनस खाने समय पनि नजिकिँदैछ।

शेयर बजारको हिजोको बढाइले बजार दिगो बन्दै गएको रुपमा बुझिन्छ। बैंकिङ सेक्टर चलेको छ। यसले अब बजार सकारात्मक हुँदै जाने देखिन्छ।

कोभिडको त्रास घटिनसकेकोले अन्य क्षेत्रभन्दा सेयर बजारमा अवसर रहेको देखिन्छ। कारोबार घट्दैमा डराइहाल्नुपर्ने अवस्था नरहेको र सुरक्षित तथा बलिया कम्पनीमा लगानी अध्ययन गरेर लगानी गर्दा उचित हुने विज्ञहरूको सुझाव छ।

हिजो नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ८ वटामा हरियाली छाएको थियो भने ५ वटामा रातो पोतिएको छ। हिजो जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको, लगानी समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, लघुवित्त समूहमा ०.१० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४९ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको बढोत्तरी भएको छ।

वित्त समूहमा सर्वाधिक १.७६ प्रतिशत गिरावट आएको छ। विकास बैंक समूह १.३६ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूह १.१९ प्रतिशत, जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

हिजो नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा किनबेच भएका छन् ।

नेसनल हाइड्रोपावरको सर्वाधिक ४० करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सेञ्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँ, एचआईडीसीएलको २५ करोड ८८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २२ करोड ८० लाख रुपैयाँ, सिभिल बैंकको २० करोड ८१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड ४० लाख रुपैयाँ, राधी विद्युत कम्पनीको १६ करोड ६२ लाख रुपैयाँ, निफ्राको १५ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

सेञ्चुरी कमर्सियल बैंक र अप्पर तामाकोशीका सेयरधनीहरु मालामाल भएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। युनाइटेड इदी मर्दीको सेयरभाउ पनि ७ प्रतिशत बढीले उकालो लागेको छ ।

गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।

prabhu mahalaxmi
kumari