stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विकास बैंकलाई पुँजी वृद्वि गर्न दिनुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । विकास बैंक संघका अध्यक्ष प्रद्युन्न पोखरेलले अब विकास बैंकहरुको पूँजी वृद्धि आवश्यक रहेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले विकास बैंकको पूँजी वृद्धि आवश्यक रहेको बताएका हुन् ।

साथै, उनले अब राष्ट्र बैंकले विकास बैंकले हकप्रद सेयर जारी गर्न स्वीकृति दिनु पर्ने पनि बताएका छन् ।

‘विकास बैंक धेरै सक्षम भइसकेका छन्, विकास बैंकको संरक्षण गर्न आवश्यक छ, लोकल एलसीको प्रावधान विकास बैंकलाई पनि दिनु पर्ने, विकास बैंकहरु वाणिज्य बैंकहरुको अवस्थामा पुगिसकेका छन्,’ उनले भने ।

यस्तै, उनले आगामी मौद्रिक नीति मार्फत अब विकास बैंकहरुले क्रेडिट कार्ड जारी गर्ने पाउनु पर्ने व्यवस्था गर्नु पर्ने, सरकारी कारोबार गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने पनि सुझाव दिएका छन् ।

कार्यक्रममा उनले सीआईटी लगायत संस्थाको निक्षेप विकास बैंकमा राख्न पर्ने व्यवस्था गर्नु पर्ने पनि माग राखेका छन् ।

‘बैंक तथा वित्तीय संस्थाको शाखा देशभर विस्तार भएकोले बीमाको पुहुँच बढाउने नीति आवश्यक छ, विकास बैंकलाई सेयर ब्रोकरको काम गर्न धितोपत्र बोर्डसँग समन्वयन गरेर नीति ल्याउन आवश्यक छ,’ उनले भनेका छन् ।

prabhu mahalaxmi
kumari