नेप्से ४०.८२ अंकले घट्यो, ४ अर्ब ८४ करोडको कारोबार
आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.८२ अंकले घटेको छ । गत हप्ता देखि बुलिस ट्रेनमा उकालो लागेको नेप्सेले यो साताको सुरुमा नेप्से परिसूचक घटे पनि कारोबारमा भने नयाँ रेकर्ड राखेको छ ।
साताको पहिलो दिन आज आईतबार नेप्से परिसूचक ४०.८२ अंकले घटेर १ हजार ५ सय ९१ दशमलव ३६ विन्दुमा सिमित भएको छ भने कारोबार ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ को भएको छ ।