citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सूचीकृत होटेलहरुको कस्तो छ प्रगति ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत सोल्टी, तारागाउँ र ओरियन्टल होटलले खासै प्रगति गर्न सकेका छैनन् । यस अवधिमा होटलहरुको प्रमुख वित्तीय सूचकहरु घटेका छन् । नाफा खसकिंदो छ भने प्रति सेयर आम्दानी पनि घटेको छ । सरकारले ‘भिजिट नेपाल २०२०’लाई अगाडि बढाएर २० लाख पर्यटक भित्रउने योजना ल्याए पनि अपेक्षा अनुसार यो सफल हुने छाँटकाँट देखिएको छैन । पछिल्ला केही महिनायता चीनमा कोरोना भाइरसको महामारीले गर्दा विश्व तरंगित भएको छ ।
सोही कारण पनि ठूूल–ठूला होटलहरुमा त्यसको सीधा प्रभाव परेको देखिन्छ । तथापि, यो दोस्रो त्रैमासको रिपोर्ट पुस महिनासम्मको भएकाले यसको असर भने यस पटकको वित्तीय विवरणमा पर्दैन । वित्तीय विवरण सार्वजनिक गर्दै होटल कम्पनीहरुले विशेष गरी पयर्टक आगमनमा कमी नै नाफा तल झर्नुको प्रमुख कारण बताएका छन् । हेरौं ३ होटल कम्पनीमा कुनको अवस्था कस्तो ः
सोल्टी र ओरियन्टलको चुक्ता पुँजी बढ्यो, तारागाउँको यथावत
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सोल्टी र ओरियन्टल होटल्सको चुक्ता पुँजी बढेको छ । तारागाउँ रिजेन्सी होटल्सको पुँजी भने गत वर्षकै यथावत रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश मात्रै दिएकाले पुँजी यथावत भएको हो ।


यद्दपि, यसको पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । ३ वटामध्ये यो नै सबैभन्दा धेरै पुँजी भएको कम्पनी हो ।
३ वटै होटलको नाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ वटै होटलको नाफा घटेको छ । सबैभन्दा धेरै नाफा घट्नेमा ओरियन्टल होटल्स रहेको छ । यसको नाफा २४.३२५ ले घटेर १० करोड १४ लाख ६ हजार रुपैयाँमा आएको छ । यता, यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा तारागाउँ रिजेन्सी होटल्स रहेको छ ।

यसको नाफा १६.९४५ ले घट्दा पनि १७ करोड ७६ लाख ४६ हजार रुपैयाँ छ । यद्दपि, यसले कर अघिको नाफामात्रै वित्तीय विवरणमा राखेकाले पनि धेरै देखिएको हो ।
३ वटै होटलको जगेडा कोष बढ्यो पुस मसान्तसम्म आइपुग्दा ३ वटै होटलको जगेडा कोष बढेको छ । सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा तारागाउँ रिजेन्सी होटल्स रहेको छ ।


यसको जगेडा कोष १२.३८५ ले बढेर ७१ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष ओरियन्टल होटल्सको १ अर्ब १० करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
३ वटै होटलको रेभिन्यू घट्यो
सूचीकृत ३ वटै होटलको रेभिन्यू घटेको छ । यसै कारण सबैको खुद नाफा प्रभावित भएको हो । सबैभन्दा धेरै रेभिन्यू घट्नेमा तारागाउँ रिजेन्सी होटल्स रहेको छ ।


यसको रेभिन्यू १३.४७५ ले घटेर ५९ करोड ८९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । यता, सोल्टी होटलको रेभिन्यू ६.७४५ ले घटे पनि सबैभन्दा धेरै यसकै छ । यसको रेभिन्यू ८२ करोड ११ लाख ७० हजार रुपैयाँ छ ।
सूचीकृत होटलको प्रतिसेयर आम्दानी घट्यो


३ वटै सूचीकृत होटलको प्रतिसेयर आम्दानी घटेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी घट्नेमा ओरियन्टल होटल्स रहेको छ । ओरियन्टलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ८ रुपैयाँ ९९ पैसामा आएको छ । यता, तारागाउँ रिजेन्सी होटल्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ९ रुपैयाँ ४२ पैसा रहेको छ ।
२ होटलको प्रतिसेयर नेटवर्थ बढ्यो

३ मध्ये २ होटलको प्रतिसेयर नेटवर्थ बढेको छ । ओरियन्टल होटलको प्रतिसेयर नेटवर्थ ३ रुपैयाँ ८४ पैसाले बढेर १९७ रुपैयाँ ६६ पैसामा आएको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ भएको कम्पनी हो । यता, सोल्टी होटलको प्रतिसेयर नेटवर्थ ०७ पैसाले घटेर २३ रुपैयाँ ८० पैसामा आएको छ ।
३ तारागाउँ रिजेन्सी होटल्सले कर पछिको नाफा आफ्नो वित्तीय विवरणमा खुलाएको छैन । त्यसैले यहाँ कर अघिको नाफा समावेश गरिएको छ । ३ सोल्टीको प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य भएकाले सोही आधारमा नेटवर्थ तथा इपीएस लगायतका सूचक गणना हुन्छ ।

gold
himalayan life insurance long ad