नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी ) कोे ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज सोमबार भदौ १५ गते अन्तिम दिन हो ।
यसमा सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । यस कम्पनीले भदौ ८ गतेबाट सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २३ सय रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यही न्यूनतम मूल्यलाई आधार मानेर सो वा त्यसभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नक्साल काठमाडौं र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।























