नेप्सेमा ३ कम्पनीको ३ करोड ३ लाख ३८ हजार कित्ता सूचीकरण
काठमाडौं । नेप्सेमा ३ कम्पनीको ३ करोड ३ लाख ३८ हजार ४८० कित्ता सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै मेगा बैंकको २ करोड ७५ लाख सेयर सूचीकरण भएको छ ।
तत्कालीन गण्डकी विकास बैंकको सेयर अब मेगा बैंकको नाममा सूचीकरण भएको हो । मेगाले गण्डकीलाई १ः१ अनुपातमा एक्वायर गरेको थियो । यस्तै, आरम्भ चौतारी लघुवित्तको २६ लाख ३४ हजार ४८० कित्ता सेयर सूचीकृत भएको छ ।
तत्कालीन आरम्भ लघुत्तिको सेयर आरम्भ चौतारीको नाममा सूचीकरण भएको हो । चौतारी र आरम्भ १.१ अनुपातमा मर्ज भएका हुन् । यस्तै, महुली लघुवित्तको २ लाख ४ हजार कित्ता (२०% ) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीलेनै आर्थिक वर्ष २०७५/७६ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही सेयर नेंप्सेमा सूचीकृत भएको हो ।





























