पोखरा विश्वविद्यालयमा नेबिसंघको रिले अनशन
पोखरा । बिगत एक वर्ष देखि पोखरा विश्वविधालय पदाधिकारी बिहिन भएको भन्दै विद्यार्थीहरु रिले अनशन बसेका छन् । साउन ८ गतेदेखि जारी अनशनका मागप्रति नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए । मंगलबार नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना नेतृत्वको टोलि पोखरा विश्वविद्यालय पुगि अनशनप्रती ऐक्यबद्धता जनाएका हुन् ।
अनशनरत विद्यार्थीहरु संग साक्षात्कार गर्दै उनले विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति ,रजिस्ट्रार जस्ता कार्यकारीहरु नियुक्त नगरी सरकारले हजारौं विद्यार्थीको भबिष्य माथि खेलबाड गरेको बताएका छन् ।
तिमल्सिनाले विद्यार्थीहरुलाई खोज, अनुसन्धानमा लगाई विषम परिस्थितिको सामना गर्नुपर्ने बेला उल्टै राज्य गैर जिम्मेवार भएको भन्दै सरकारलाई आन्तरिक बिबादमा भन्दा जिम्मेवार भएर विद्यार्थीको भबिष्य सुनिश्चित गर्न आग्रह गरे ।
तिमल्सिनाले कुलपति तथा प्रधानमन्त्री उत्तेजित भएर हावा कुराको पछि दौडन भन्दा भएका शिक्षालयहरु ब्यवस्थित गर्न लाग्नुपर्छ भन्दै आफू बिश्वविधालयले उपकुलपति नपाउन्जेल सम्म सडक संघर्षमा रहने बताए ।
साक्षात्कार कार्यक्रममा महामन्त्री तिमल्सिना , पुर्व केन्द्रिय सदस्य ढुंगेल, त्रिवि समिति अध्यक्ष हरि आचार्य लगाएतका नेताहरुले आफ्नो धारणा राखेको नेविसंघ नेता धर्म फुलाराले जानका दिए ।
पोखरा विश्वविद्यालयमा तुरुन्त पदाधिकारी नियुक्त गर्न माग गर्दै बिगत एक हप्तादेखि बिश्वविधालयको प्रवेशद्वारमा विद्यार्थीहरु रिले अनशनरत छन्





























