stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, चेकबिना नै भुक्तानी सुविधा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गरेको छ । बैंकले यही श्रावण १३ गतेदेखि नयाँ प्रविधिमा आधारित डिजिटल काउन्टर संचालनमा ल्याएको हो ।

अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सकिने भएको बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर QR Code scan गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको Qtr Code scan गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari