stcnepal long ad
global ime bank long

हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको १६औं वार्षिक साधारणसभा माघ १८ गते

१०.५२ प्रतिशत लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले १६औं वार्षिक साधारण सभा माघ १८ गतेका लागि बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाबत तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।

साधारण सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, पुँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारण सभा एलफ्ट होटल ठमेल, काठमाडौंमा बिहान ११ बजेदेखि  शुरु हुनेछ ।

IME Lifesidebar
kumari