citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आर्थिक वर्ष २०८१/८२ आयकरको पहिलो किस्ता पुस मसान्तभित्रै बुझाउन विभागको ताकेता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ को करको विवरण र पहिलो किस्ताको कर दाखिला गर्न ताकेता गरेको छ ।

विभागले सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षको अनुमानित करको विवरण र सो विवरणअनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता बापतको कर तिर्न ताकेता गरेको हो ।

विभागले आयकर ऐन २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आयकर किस्ता दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम चालु आर्थिक वर्षको अनुमानित करको विवरण र त्यस अनुसारको तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको ४० प्रतिशत रकम पुस महिनाभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्न भनेको छ ।

gold
himalayan life insurance long ad